५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहुउपयोगी तुलसी : किन रोप्न थालियो आँगनमा ?



काठमाडौँ ।  हिन्दु जातिले तुलसीलाई पवित्र बिरुवा मान्छन् । यसलाई विष्णु भगवानको रुप मानिन्छ तुलसीलाई श्रद्धापूर्वक आँगनमा रोपेर दैनिक पूजा गर्नू विष्णु भगवानको पूजा गर्नु हो  । यो विश्वास हिन्दु जातिमा छ । हामी हिन्दुहरुका पूर्वजहरु बडो बाठा थिए । तुलसीमा पर्यावरणलाई शुद्ध बनाउने, हावामा अधिक मात्रमा अक्सिजन फ्याँक्ने र औषधीय गुण धेरै छ ।

तुलसीबाट आएकको सुगन्धले झिँङ्गालगायत अन्य रोगका कीटाणुहरुलाई परै खेद्छ । ८-१० वटा तुलसीका झ्याम्टा एउटा घरको पर्यावरण शुद्ध राख्न पर्याप्त हुन्छ भन्छन् । अरु बिरुवाले भन्दा तुलसीले बढी मात्रामा अक्सिजन फ्याँक्छ । त्यही ८-१० वटा झायाम्टा तुलसीले फ्याँकेको अक्सिजन एउटा परिवारका यथेष्ट पुग्छ भन्दछन  तुलसीमा धेरै किसिमका औषधीय गुणहरु छन भनेर हाम्रो आयुर्वेदशास्त्रले यसको ठुलो महिमा गाएको छ  । हिन्दु जाति धर्मेभीरु जातिहरुको रक्षा गर्ने भगवान हुन्छन् । तुलसीले पनि भगवानकको झैं रक्षा गरेको छ ।

अत: यसको औंषधीय गुणहरुमा बखान गर्दा यसको महत्वलाई नबुझ्लान भनेर हाम्रा पूर्वज विद्वान्हरुले तुलसी भगवान् विष्णुको रुप हुन भनेर बखान गरिदिए । धर्मभिरु हिन्दु जातिले आँगनमा तुलसीलाई श्रद्धापूर्वक रोपी पूजा गर्ने परम्परा बसाए ।  

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ३९ बजे