१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता



काठमाडौं । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् । उनीहरुले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘०७९/३/९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुदे मागसहित दलको बैठक समेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशीलका सांसदको समेत हस्ताक्षर रहेकामा उक्त हस्ताक्षर फिर्ता लिएका छौं ।’

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : ४९ बजे