१४ चैत्र २०८०, बुधबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः कुँवर निर्वाचित



धनगढी  । कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित हुनुभएको छ । 

अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित कुँवरले ६७८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उपाध्यक्ष (उद्योग) मा दिनेश लम्साल, उपाध्यक्ष (एशोसियट) मा मनोज अग्रवाल, उपाध्यक्ष (बस्तुगत)मा लक्ष्मणराज पन्त निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै,  महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भिमराज ओझा र सचिवमा सुरेश पाण्डेय निर्वाचित हुनुभएको छ । सङ्घको पदाधिकारीमा निर्वाचित सबै कुँवर प्यानलकै  हुनुहुन्छ । साथै कार्य समिति सदस्यमा १७ जना निर्वाचित हुनुभएको छ । 

सङ्घको नयाँ नेतृत्व चयनका लागि शनिवार धनगढीमा भएको मतदानमा १ हजार ९१ मत खसेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ३१ बजे