९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिपरको ठक्करबाट  स्वयम्भूमा  मोटरसाइकल चालकको मृत्यु



काठमाडौं । काठमाडौंको स्वयम्भू, अन्नपूर्णचोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–३ घर भई काठमाडौंको कलंकी बस्दै आएका ४२ वर्षीय फडिन्द्रबहादुर कार्कीको मृत्यु भएको हो

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

गए राति करिब पौने २ बजे वनस्थलीबाट कलंकीतर्फ जाँदै गरेको बा२क ७२९३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०२ ०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ३ : १९ बजे