१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसका मन्त्रीहरूले पार्टीमा बुझाए नयाँ मन्त्रीको सूची



काठमाडौँ- नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले पार्टीले यसअघि सिफारिस गरेभन्दा फरक सांसदहरूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन ।

उनीहरूले निरा जैरु, कृष्णलाल श्रेष्ठ, धनबहादुर बुढा र हिरा केसीलाई मन्त्री तथा मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने नयाँ प्रस्ताव पार्टीमा पेस गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

समाजवादीको सचिवालयले यसअघि अहिले रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गर्ने निणर्य गरेको थियो । सचिवालयले हालका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने तथा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निणर्य गरेको थियो ।

यस निणर्यप्रति अहिलेका मन्त्रीहरू असन्तुष्ट रहेका थिए । उनीहरुले थप समेत १० जना सांसदको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउँदै संसदीय दलको बैठक बोलाउन माग गरेका थिए । त्यसपछि आज बसेको बैठकमा उनीहरूले नयाँ सूची पेश गरेका हुन् । यसबारे निणर्य भने गरिसकेको छैन ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : ३३ बजे