६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपन्यास ‘लू’ माथि चलचित्र निर्माण हुने



काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’ माथि निर्माण हुन लागेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् ।

निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निर्मात्री निशा खरेल र निर्देशक भट्टराईबीच लिखित सहमति भएको छ । भट्टराईले यसअघि व्यावसायिक रुपमा सफल फिल्म जात्रा र जात्रैजात्रा निर्देशन गरिसकेका छन् ।

यसबारे जानकारी दिन निर्माताले जारी गरेको विज्ञप्तिमा उपन्यासजस्तै फिल्म पनि उत्तिकै रोचक हुने कुरा उल्लेख छ । ‘यो उपन्यास जति रोमान्चक छ उति नै मजा आउने किसिमको छ । यसमा नेपाल र भारतको सीमा विषय पनि उठेको छ । दर्शकलाई मनपर्ने कथा, विषय र ह्युमर यसमा समेटिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कारो फिल्म्सले ‘लू’सहित अन्य बिग बजेटका फिल्मको निर्माण गर्ने पनि जनाइएको छ । निर्देशक तय भए पनि अन्य कलाकार फाइनल भइसकेका छैनन् । कलाकार र क्रिउ चाँडै तय हुने कारो फिल्म्सले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : २० बजे