६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा सडकसँगै घर पनि भासियो



काठमाडौं : लगातारको भारी वर्षाका कारण कास्कीको पोखरा महानगरपालिका–चार मा सडकसहित एक घर भासिएको छ ।

फिर्के खोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १० मिटर भासिएको हो । सडक वारी र पारी गरेर पूर्णरुपमा भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए ।

बाटोसँगै जोडिएको घरको बाहिरी भाग सकुशल रहेको तर, घरको भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ । सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : ४९ बजे