२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से साढे १ बजेसम्म ८० अंकले बढ्यो



काठमाडौं – आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । दिउँसो साढे १ बजेसम्ममा नेप्से परिसूचक ८० अंकभन्दा धेरैले उकालो लागेको हो । कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से अझै बढ्ने संकेत देखाएको छ ।

यतिबेलासम्म नेप्सेमा १ अर्ब २८ करोड रुपैयाँ बराबरको ३५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ८० अंकभन्दा बढीको सुधारसँगै अहिलेसम्मको स्थितिमा नेप्से परिसूचक १ हजार ९४३ अंकको बिन्दुमा पुगेको छ ।

अहिलेसम्मको स्थितिमा नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । जसमध्ये, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह र जीवन बीमा समूह ३०० अंक हाराहारीले बढेका छन् ।

यसैगरी, आज पाँचवटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ०० बजे