१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको भविष्य बचाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण



काठमाडौँ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार गृह मन्त्रालयद्दारा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्  ।

 उनले  लागूपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए  । गृहमन्त्री खाणले युवा पुस्तालाई दुर्व्यसनबाट बचाउन सरकार र समाज सबैको दायित्व भएको बताए  ।

युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जागरुकताका कार्यक्रम ल्याउन, पाठ्यपुस्तकमा लागूऔषध दुर्व्यसनका असरबारेका विषयवस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउन र दुर्व्यसनीमा फसेका युवालाई सुधार्न विशेष अभियान थाल्नुपर्ने आवश्यकता गृहमन्त्री खाणले बताए  ।

‘नेपालमा लागूपदार्थ चुनौतीको रुपमा आइरहेको छ । लागूपदार्थ दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको छ । बढी असर युवा पुस्तामा परिरहेको छ । हाम्रो युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने हामी सबैको दायित्व हो,’ गृहमन्त्री खाणले भने, ‘सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिवद्ध छ । आउने दिनमा सरकारले अझै बढी ध्यान दिन, जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तक पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनीमा फसेका युवालाई सुधार्न अभियान थाल्नुपर्नेछ ।’

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले लागूऔषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिकहरू आफ्नो तर्फबाट सचेत हुन आवश्यक रहेको बताए  । कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ०१ बजे