१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त मन्त्रीहरुले सम्हाले कार्यभार, कसले के गरे पहिलो निर्णय ?



काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त मन्त्रीहरुले सोमबार पदभार सम्हालेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले सिंहदरबारस्थित आ-आफ्नो मन्त्रालयमा गएर पदाभार सम्हालेका हुन् ।

पदभार सम्हाल्दै सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताए ।

छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए ।

उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार सम्हाल्दै दुईटा निर्णय गरेका छन् ।

उनले कोभिड-१९ को महामारीले पारेको असरबाट उकास्नको लागि भएका अध्ययनहरूबाट कार्यन्वयन गर्ने गरी अध्ययन गर्ने निर्णय गरे ।

सात दिनभित्र अध्ययन गरी प्रतिवेदन समेत तयार पार्न भनिएको छ ।

उनले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गका बारेमा अध्ययन गर्ने पनि बताए ।

यस्तै पदभार सम्हाल्दै नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

मन्त्री खापुङले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताए । उनले क्यान्सर, मुटु, मिर्गौलाजस्ता रोगको उपचारमा विशेष महत्व दिने पनि बताए ।

त्यस्तै नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  २ : २८ बजे