६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवलमा वित्तीय शिक्षा तथा व्यवसायीक  साक्षरता कार्यक्रमको शुभारम्भ 



पश्चिम नवलपरासी।  कृषि विकास बैंक शाखा कार्यलय परासीको आयोजना एवं दियालो कृषि सहकारीको समन्वयमा सुनवल नगरपालिका वार्ड नं ३ र ५ का कृषकहरूलाई लक्षित गरि “वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रम” सुनवल  किर्तिपुरमा शुभारम्भ भएको छ।

सुनवल नगरपालिकामा रहेको दियालो कृषि सहकारी, जनसेवा कृषि सहकारी र श्रमजीवी कृषक समुहका २५/२५ जना गरि जम्मा ७५ जना महिला कृषकहरूलाई २२ सत्र (पाठ) सम्म वित्तीय शिक्षाको महत्त्व र व्यवसायमा वित्तीयको भूमिका बारेमा ज्ञान दिइने र कृषकलाई कृषि विकास बैकमा कर्जा मा समेत सहज र न्यून ब्याजदर कायम रहेको कृषि विकास बैंक परासी शाखाका वरिष्ठ प्रबन्धक एवं कार्यक्रमका अध्यक्ष भुवनेश्वर पाण्डेले जानकारी दिए  ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ५० बजे