५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कविता : प्रधानमन्त्रीलाई पत्र




प्रधानमन्त्री ज्यू
म स्नातक पढ्नको लागि 
शहर आफ्नो धान फल्ने खेत 
जेठा साँहु काँहा धरौटी राखेर 
आएको हुँ


तिम्रो शहरले मलाई हरेक समय 
आफ्नो औकात देखाएर लखेटि रहेको हुन्छ 
कारण यहाँ शहरमा मान्छेले होइन
मुर्दाहरुले बास गरेका छन 
तिम्रो शहरमा प्रधानमन्त्री ज्यू
मान्छेलाई बाहिर राखेर 
मन्दिर भित्र निर्जीव ढुङगाहरुमा आफ्नो 
संवेदना देखाउनेहरुको जमता ठूलो छ 
भोकले तडपि रहेका 
अबोध नानीहरुले आफ्नो तैलभन्दा
बढे मानको बोरा बोकी 
रहँदा तिम्रा परिवर्तनका कुराले 
आफ्ना औकात भुलेर 
लाज सँग विबस भएर 
आफ्नो आगाडि आफूलाई खुल्ला रुपमा 
नचाहि रहेको देख्छु


मेरा सपनाहरुले आज मेरै 
आगाडि मलाई खुट्टा टेक्न 
विवश गराएका छन्
शहरका हरेक गल्लीहरूमा म संवेदनाहरू
खोक्रो मुटु लिएर रोइरहेका देख्छु
किनकि शहरमा मान्छे 
बनावाटी दुँनियामा रमेका देख्छु 
सायद मेरो गाँउले 
मलाई सिकाएको मानवताका कुराले 
शहरको भिडहरुमा 
आत्महत्या गरेको देख्दा मलाई
मेरो हजुरआमाले सिकाएका नैतिकताका
कुराहरुले मलाई हरेक पटक 
चिमटेको हुन्छ 


शहर मेरो गाँउ जस्तो छैन किनकि
यहाँ हरेक मान्छे 
आ–आफ्नो दैडमा लागि रहेका छन्
मैँले किनेको सटिर्फिटले 
आज मलाई खान सम्म नदिएको 
बखत मलाई 
शहर सँग खुब रिस उठेको छ 
सायद शहरमा मान्छे भवना होइन संवेदनामा
बाँचेको देख्छु 


मैँले स्नातक पढ्न लिएको ऋणले आज 
मेरो पूरा मस्तिष्कले हल्लाएको छ
प्रधानमन्त्री ज्यू म अब आफ्नो 
भविष्यको चिन्ता गरौँ या 
स्नातक पढ्दा लिएको ऋण 
प्रधानमन्त्री ज्यू  
म यो देशमा मेरो
भविष्य हराएको युवा 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ५६ बजे