१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमै पहिलो पटक कविता ‘रियालिटी शो’



काठमाडौँ। नेपालका एक बहुप्रतिभाशाली साहित्यकार, गीतकार तथा कवि स्वर्गिय क्षेत्रप्रताप अधिकारीको सम्झँनामा कविता ‘रियालिटी शो’ आउने भएको हो । अधिकारीका छोरा अमन प्रताप अधिकारीले यसबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

अधिकारीका अनुसार शो को नाम ‘दी पोइट आइडल’ रहने छ । यद्यपी शो को अडिसनको बारे भने अहिलेसम्म केहि खुलाइएको छैन् ।

नेपालका थुप्रै रियालिटि शोको निर्देशन गरिसकेका अधिकारीले बुबाको सम्झँनामा कविता ‘रियालिटी शो’ ल्याउन लागेको बताएका छन् ।

गीतकारका रूपमा प्रशिद्धि कमाएका स्वर्गिय क्षेत्रप्रताप अधिकारीले बिभिन्न कवितासङ्ग्रह समेत प्रकाशित गरेका थीए । उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ।.

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : २० बजे