४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“शिक्षक हिरो २०७८” बाट शर्मा सम्मानित



नरेश आचार्य, देवदह । नेपाल राष्ट्रिय शिक्षक संगठन देवदहको चौथो नगर परिषदमा केरवानी मा. वि. तथा देवदह बहुमुखी क्याम्पसका अंग्रेजी शिक्षक होमनाथ शर्मालाई शैक्षिक योगदान तथा अनुसन्धानको प्रशंसा गर्दै शिक्षक हिरो २०७८ बाट सम्मानित गरिएको छ ।


संगठनमा उत्कृष्ट शिक्षकलाई सम्मानित गर्ने नयाँ अवधारणा अनुसार शर्माको योगदानको कदर गर्दै शर्मालाई सम्मान गरिएको हो ।

बिहिवार देवदहमा सम्पन्न कार्यक्रममा बोल्दै गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले संगठन व्यक्तिगत लाभका लागि भन्दा पनि संस्थागत रुपमा अगाडि बढ्नुपर्ने बताए ।



संगठनका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले संगठन शिक्षकका पेशागत हकहितका लागि सदैव एकजुट भएर अगाडि बढ्ने बताए । उनले संगठनको करीब १५ महिना अवधिको प्रतिवेदन समेत प्रस्तुत गरेका थीए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : १९ बजे