८ फाल्गुन २०८०, मंगलबार | Wed Feb 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवलमा फरक क्षमता भएकालाई सहायक सामग्री बितरण  



पश्चिम नवलपरासी  l  सुनवल  नगरपालिकाले  आइतबार  ३९  जना फरक क्षमता भएका व्यक्तिहरूलाई  सहायक सामग्री बितरण गरेको  छ। नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरी फरक क्षमता भएका व्यक्तिहरूलाई  सहायक सामग्री प्रदान गरेको नगरपालिकाका प्रमुख विमला आर्यालले राष्ट्र मिडियालाई बताइन ।

नगरपालिकाको आर्थिक सहयोगमा नगर भित्र रहेका फरक क्षमता भएकालाई पेश गरेको निवेदनको आधारमा सहायक सामग्री वितरण  गरिएको महिला, बालबालिका एवम् ज्येष्ठ नागरिक शाखाकी   केशरी गैरे जानकारी दिइन् l


उनका अनुसार नगरभित्रका  फरक क्षमताका व्यक्तिहरूलाई  दैनिकी सहज  बनाउनका लागि नगरपालिकाले वितरण  गरेको  हो  l

व्हीलचेयर, सेतो छडी, ट्वाइलेट चियर, बैशाखी, वाकर, लट्ठी लगायतका सामग्री  बितरण गरिएको गैरेले जानकारी  दिइन् l

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ५ : ३४ बजे