१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनपत्रकार सङ्गठन नेपाल  गुल्मीको संयोजनमा खत्री चयन 



गुल्मी । नेकपा निकट  जनपत्रकार सङ्गठन नेपाल गुल्मीको तेस्रो पूर्ण  बैठकले  दिपेन्द्र खत्रीको अध्यक्षतामा  ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा  बिहीवार  सम्पन्न जनपत्रकार सङ्गठनमा जनपत्रकार संगठन लुम्बिनी प्रदेश सह – सचिव क. बिहानले  प्रशिक्षण दिदै दलाल पुँजीवादी व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न जनपत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

जनपक्षीय पत्रकारिता आवाजविहीनहरूको आवाज भएकाले युवा जनपत्रकारहरूले समाजमा दलाल सत्ताले आवाज बन्द गराएका श्रमिक, उत्पीडित समुदायको आवाज घन्काउनुपर्ने, समाजमा विद्यमान भ्रष्टाचार, शोषण, व्यभिचारको भण्डाफोर गर्नुपर्ने र वैज्ञानिक समाजवादका पक्षमा जनमत निर्माण गर्नुपर्ने दायित्व रहेको उनको भनाइ थियो ।


कार्यक्रमका प्रमुख अतिथि  नेकपा गुल्मी सेक्रेटरी क. सुमन ले  जनपत्रकारहरूले एकीकृत जनक्रान्तिका पक्षमा प्रचारप्रसार गर्नुपर्ने र क्रान्तिकारी शक्ति निर्माण गर्नुपर्ने बताए । जनपत्रकारिताको इतिहासको चर्चा गर्दै उनले हरेक आन्दोलनहरूमा जनपत्रकारहरूले ऐतिहासिक भूमिका निर्वाह गरेको पनि प्रस्ट पारे । मिसन पत्रकारितामा जनपत्रकार सङ्गठनले निर्वाह गरेको भूमिका उल्लेख्य रहेको भन्दै उनले उदयमान पुस्ताको उल्लेख्य सहभागिताले आन्दोलनमा ऊर्जा थपिएको धारणा राखे ।


कार्यक्रममा अतिथि रहेका  ने.क.पा निकट अखिल (क्रान्तिकारी ) गुल्मी  संयाेजक राज खड्काले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै भने,  ‘तपाईँहरूले देश, जनता र क्रान्तिका पक्षमा निर्वाह गरेको भूमिका नै तपाईँहरूको जिम्मेवारी र दायित्वबोधको कसी हो । एकीकृत जनक्रान्तिलाई केन्द्रमा राखेर पत्रकारिता गर्नुहोला ।’ जनपत्रकारहरू एकीकृत जनक्रान्तिको सञ्चारसेना रहेको भन्दै खड्काले जनक्रान्तिका विरुद्ध षड्यन्त्र गर्ने र क्रान्तिमाथि घात गर्नेहरूका विरुद्ध जस्तोसुकै स्वरूपको सङ्घर्षमा पनि भाग लिनुपर्ने बताए ।


कार्यक्रमको अध्यक्षता गरेका जनपत्रकार सङ्गठन नवनिर्वाचित गुल्मी संयोजक दिपेन्द्र खत्रीले  दलाल पुँजीवादी सत्ताका सबै षड्यन्त्र, जालझेल र दमनलाई प्रतिरोध गर्दै सञ्चारकर्मीले देश र जनताका पक्षमा सूचना प्रवाह गर्नुपर्ने र सञ्चार क्षेत्रकाे महत्त्व, भूमिका मिसन पत्रकारिता गर्दै संगठन लाई मजबुत बनाउँदै अगाडि लाने बताए ।


जनपत्रकार संगठन लुम्बिनी प्रदेश सह- सचिब क. बिहानिकाे बिशिस्ट अतिथि, नेकपा गुल्मी सेक्रेटरी क. सुमनकाे प्रमुख अतिथि , ने.क.पा निकट अखिल (क्रान्तिकारी ) गुल्मी  संयाेजक राज खड्का अतिथि  रहेका कार्यक्रमको सञ्चालन नवनिर्वाचित संयोजक दिपेन्द्र खत्रीले गरेका थिए । बैठकमा  जिल्लाका विभिन्न सञ्चार  क्षेत्रमा कार्यरत जनपत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ४२ बजे