१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बञ्चरेडाँडा तनावग्रस्त, प्रहरीले गर्‍यो हवाईफायर



काठमाडौं – काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई रोकेपछि बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र पाँच राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरी अश्रुग्याँस प्रहार गरेको हो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । धुनवेशी नगरपालिका-१ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयलाई चेतावनी दिएका छन् ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडि बढे पनि डाँडामा रहेका स्थानीयले ढुंगा र गुलेली हानेपछि झडप शुरु भएको वडाध्यक्ष तामाङले जानकारी दिएका छन् ।

फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन् । ‘प्रहरीले बल प्रयोग गर्ने सिद्धान्त अनुसार विभिन्न उपाय अपनाउन सक्छ । त्यहि अनुसार हाम्रो कमाण्डरले काम गरिरहेका होलान । बेलुका मात्रै एकिन भन्न सक्ने स्थिति छ । स्थानीयले आधा घण्टा अगाडी ढुंगा प्रहार भएको चैं रिपोर्टिङ आएको छ,’ प्रवक्ता मैनालीले भने ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ०५ बजे