६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंबाट हराएका २५ वटा मोटरसाइकल र स्कुटर खोजेर धनीलाई बुझाइयो



काठमाडौँ – काठमाडौं उपत्यकाबाट हराएका मोटरसाइकल र स्कुटर उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुसन्धान गरेर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

अनुसन्धानबाट भेटिएका २५ वटा दुईपांग्रे सवारी-साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एसएसपी राजेन्द्र प्रसाद भट्टले १६ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

सुचना संकलन गरेर चोरीमा संलग्न आरोपीहरुलाई समेत पक्राउ गरेर कारवाहीका लागि विभिन्न प्रहरी युनिटमा पठाउने गरिएको एसएसपी भट्टले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४ सय १९ वटा र २०७८-०७९ मा ५ सय ६ वटा दुईपांग्रे सवारी फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सो अवधिमा मोटरसाइकल र स्कुटर चोरीमा संलग्न ९९ जनालाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : १७ बजे