७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्व माओवादी थापा एमाले देवदह नगर अध्यक्षमा चयन



देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) देवदह नगर कमिटी अध्यक्षमा हिरा थापा चयन भएका छन् । नगर अध्यक्ष टिकाराम चापागाईंले शनिबार पार्टी परित्याग गरेपछि आइतबार सम्पन्न  पार्टीको आकस्मिक भेलाले उपाध्यक्ष थापालाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

लामो समय नेकपा (माओवादी केन्द्र) को राजनीति गरेका नेता थापा नेकपा विभाजनसंगै एमालेतिर लागेका थिए । सरल र कम बोल्ने युवा नेताको परिचय बनाएका थापा यसअघि नगरसम्मेलबाट पार्टीको उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

आकस्मिक भेलामा पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्मा लगायतका एमाले नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ४२ बजे