६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्तासाफको बाटोमा देवदह एमाले, वडा सचिवले पनि दिए राजिनामा



देवदह । केहीदिन अघिमात्र एमाले देवदह नगर अध्यक्ष टिकाराम चापागाईंले पार्टी परित्याग गरेका थीए । सो बिषयको चर्चा सेलाउन नपाउदै (एमाले) देवदह वडा नं. ५ का सचिव रमेश कुमार पोखरेलले पार्टी परित्याग गरेका छन् ।

बुधबार साँझपख सामाजिक संजालमा लेख्दै सचिव पोखरेलले पार्टीको जिम्मेवारी र सदस्यता समेत परित्याग गरेको घोंषणा गरेका हुन् ।

लामो समय संचारकर्मी समेत रहेर विभिन्न संचारमाध्यममा काम गरेका पोखरेल २०७८ सालको कार्तिकमा सम्पन्न पार्टीको वडा अधिवेशनबाट वडा सचिवमा चयन भएका थिए । सामाजिक संजाल र भौतिक छलफलका फोरमहरूमा समेत युवा नेतृत्व र वैकल्पिक राजनीतिको विषयमा आफ्नो मत राख्दै आएका पोखरेलले आफू निर्वाचन पछि पार्टीका कुनै पनि कार्यक्रमा सहभागी नभएको र सहर्ष पार्टी परित्याग गरेको घोँषणा गरेका छन् ।

पोखरेलले केहीदिन अघि पार्टी नगर अध्यक्ष टिकाराम चापागाईंको पार्टी परित्याग घोंषणाको पत्रकार सम्मेलनको संचालन समेत गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ५० बजे