६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देही–१ मा गठबन्धनको तर्फबाट उमेदवारहरुको मनोनयन दर्ता सम्पन्न



देवदह । नेकपा एमाले परित्यागका गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर उनले आफू स्वतन्त्र वामपन्थी विचारकका रूपमा उम्मेदवार बन्न लागेको जानकारी दिएका थिए ।

उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । यहाँ गठबन्धनबाट प्रदेशतर्फ (क) मा कांग्रेसका विश्वनाथ यादव र (ख) मा कांग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर १ बाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले पनि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेसहितको गठबन्धनबाट प्रदेशतर्फ (क) मा राप्रपाका आशिष चौधरी र (ख)मा दधिराम न्यौपानेले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि एमाले देवदह नगर अध्यक्ष परित्याग गरेका टिकाराम चापागाईंले  समेत प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रबाट राष्ट्रिय मंगोल अर्गनाईजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी लगायतका दलसंगै स्वतन्त्र व्यक्तिहरूले समेत उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ४१ बजे