१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सही नेतृत्वलाई जनताले रोज्नु अनी बिकास खोज्नु : चापागाईं



देवदह  । रूपन्देही क्षेत्र नम्बर  १ स्वतन्त्र उम्मेदवार टिकाराम चापागाँईले जनताको हातमा नै भविष्य र भोलिको राजनैतिक नेतृत्वको सर्वाधिकार रहेको बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै चापागाँईले देश र जनताको कल्याणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेतृत्व चयन गर्नु मतदाताहरूको उत्तरदायित्व रहेको बताए  ।

उनले देशको प्रमुख समस्या बेरोजगारी, गरिबी, महँगी, भ्रष्टाचार, गुणस्तरहीन शिक्षा–स्वास्थ्य भएको र  अझ प्रमुख समस्या नागरिकलाई यी सबैका समाधान दिनुपर्ने नेता विश्वासयोग्य नभएका  कारण  सही  नेतृत्वलाई जनताले रोज्नु पर्ने बताए ।

उनले  राजनीतिक पार्टी  भन्दा पनि  व्यक्तिको  क्षमताको मूल्यांकन गरि आम मतदातालाई मतदान गर्न अनुरोध समेत गरे ।

चापागाईं रूपन्देही क्षेत्र नम्बर  १ का  चर्चित स्वतन्त्र उम्मेदवार हुन्। उनी सँगै स्वतन्त्र उममेदवार घनश्याम भुसाल  र एमालेका छविलाल विश्वकर्मा चुनावी मैदानमा  छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ४ : ०३ बजे