५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस जिताऔं

कविता



काङ्ग्रेस पार्टी सबैको साझा हो
दुःख देख्न सक्दैन कसैको ।

इतिहास साक्षी राखी राम्रो काम गर्ने
केही गल्ती कमजोरीलाई सुधार गर्दै लाने
देशलाई कष्ट पर्दाखेरि काङ्ग्रेसै हो चाहिने
प्रजातान्त्रिक सिद्धान्तमा स्वतन्त्रता पाइने ।

        काङ्ग्रेस पार्टी सबैको साझा हो 
        दुःख देख्न सक्दैन कसैको  ।

भ्रष्टाचार र अन्यायलाई निराकरण गर्ने
गाउँ समाजमा रोजगारी र स्वास्थ्य, शिक्षा भर्ने
बाटोघाटो, ढल, पानी काम गर्ने विकास
सबै मिली दिनुपर्छ अब देशलाई निकास ।

        काङ्ग्रेस पार्टी सबैको साझा हो 
        दुःख देख्न सक्दैन कसैको  ।

मिलाउने र जुटाउने समाजका सबैलाई
त्यही भएर विश्वास गरौँ नेपाली काङ्ग्रेसलाई
देशको आवश्यकता हेरी अघि बढ्नु पर्छ
जति दुःख सहेर नि लड्दै जानु पर्छ ।

        काङग्रेस पार्टी सबैको साझा हो 
        दुःख देख्न सक्दैन कसैको ।

काङ्ग्रेसका असल नेता गगन थापा हाम्रा
विकासका योजनासाथ तथ्याङ्क छन् राम्रा
जन जनमा, मन मनमा उनै छन् साझा
क्षेत्र चारको विकासमा जनताको माझ ।

        काङग्रेस पार्टी सबैको साझा हो 
        दुःख देख्न सक्दैन कसैको ।

राष्ट्रियता लोकतन्त्र समाजवाद हाम्रो
अरूभन्दा यही विचार सबैभन्दा राम्रो
गाउँ टोलका सबै जना सही बाटो रोजौँ
भ्रम र यथार्थलाई बुझी सत्य बाटो खोजौँ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ०५ बजे