१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको नपत्याउँदो झुट : मनमोहन नेतृत्वको सरकारमा आफू प्रधानमन्त्री भएको दाबी



काठमाडौं । चुनावी भाषणको क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अचम्मको दाबी गरेका छन् । जुनसुकै भाषणमा उनले केही न केही स्टन्ट बोलिरहेका हुन्छन् । यसपटकको चुनावी भाषणमा पनि उनी बोलीमा चिप्लिएका छन् । बोल्दै जाँदा ‘के–के बोल्दैछु भन्ने समेत ख्याल गरेनन् । भाषणको क्रममा उनले भने ‘२०५१ साल प्रधानमन्त्री थिएँ ।’

बिहिबार नेकपा एमाले झापाले खोरुङ्गामा चुनावी सभा आयोजना गरेको सभालाई सम्बोधनका क्रममा ओलीले आफू २०५१ सालमै प्रधानमन्त्री भएको बताए । २०५१ सालमा एमाले नेतृत्वको सरकारले वृद्धभत्ता सुरु गरेको सन्दर्भमा बोल्दा ओलीले आफू प्रधानमन्त्री रहेको बताएका हुन् । ओली भने पहिलो पटक सन २०१६ पहिलो पटक प्रधानमन्त्री भएका हुन् ।

खासमा २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्व एमालेले सरकार बनाएको थियो । अधिकारी प्रधानमन्त्री थिए । सोही क्याबिनेटमा केपी शर्मा ओली गृहमन्त्री थिए । ओलीले झापामा बोल्ने क्रममा ‘वृद्धभत्ता ल्याउने सरकारमा म गृहमन्त्री थिए’ भन्न खोजेको हुनसक्छ । तर, विपक्षीलाई गाली गर्ने क्रममा निक्कै हौसिएर भाषण गरिरहेका ओलीले ‘म प्रधानमन्त्री थिए’ भनेको हुनसक्छ । मञ्चमा एमालेका थुप्रै नेता बसेका थिए । तर, अध्यक्ष ओलीको गलत दाबी सुनीमात्र रहे, कसैले सच्याउन सुझाव समेत दिएनन् । ओलीले निरन्तर बोलिरहे, अरुलाई गाली गरिरहे ……………….।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : २७ बजे