६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हर्क साम्पङले माफी नमागे धरानमा कार्यपालिका बैठक नबस्ने



काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक दोस्रोपटक स्थगित भएको छ । मेयर हर्क साम्पाङ राईले बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि स्थगित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

‘आज दोस्रो चोटी कार्यपालिका वैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो नराख्नेहरुलाई एक ट्रक जति धन्यवाद’ उनले लेखेका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालका अनुसार बिहीबारको कार्यपालिका वैठकमा मेयर र उपमेयरमात्र उपस्थित भएका थिए ।

वडाध्यक्षहरुले मेयर हर्क साम्पाङले माफी नमागेसम्म बैठकमा नजाने तयारी गरेका छन् । दशैंअगाडि बसेको कार्यपालिका बैठकमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरुलाई मेयरले अपमान गरेको एक वडाध्यक्षले बताएका छन् । मेयर हर्क सम्पाङले भने माफी नमाग्ने अडानमा छन् । उपमेयर अइन्द्रबिक्रम बेघाका अनुसार मेयरले आफूले माफी माग्नुपर्ने गल्ती नगरेको भन्दै माफी नमाग्ने भनेर बसेका छन् । कार्यपालिका सदस्यहरुले माफी नमागेसम्म नआउने भनेका कारण वैठक रोकिएको हो ।

यसअघि १७ कात्तिकमा बोलाइएको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि स्थगित भएको थियो । दंशैंअगाडिको बैठकमा भएको विवादलाई लिएर वडाध्यक्षहरुले मेयर साम्पाङले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै आएका छन् । उक्त कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षहरुबीच लामो विवाद भएपछि वैठकमा एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ३४ बजे