५ चैत्र २०८०, सोमबार | Mon Mar 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटमा बहादुरसिंहको विकास : झोलुङ्गे पुल मागेका ठाउँमा मोटरेवल पुल बन्यो



नुवाकोट । नुवाकोटको सिर्खालीमा स्थानीयले झोलुङ्गे पुल बनाउने योजना अघि सारेको ठाउँमा मोटरेवल पुल निर्माण भएको छ । नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाले जनताले मागेको भन्दा बढी विकास गर्ने लक्ष्यसहित झोलुङ्गे पुल मागेका ठाउँमा पक्कि पुल बनाइदिएका हुन् ।

स्थानीय उत्पादनको कृषिजन्य वस्तुको बजारीकरणका लागि आफुहरुले झोलुङ्गे पुलको माग अघि सारेपछि लामाले झोलुङ्गे पुलभन्दा पक्कि पुलकै बढी महत्वहुने भनेर पक्कि मोटरेवल पुल निर्माण गरेको स्थानीय बताउँछन् । पुल निर्माणपछि स्थानीय खुसी छन् ।

नुवाकोटमा बहादुरसिंह लामाको पहलमा बनेका पुल र त्यसको प्रभावसहितको भिडियो यो तलको लिङ्कमा हेर्नुहोस् स्

लामाका पहलमा ११९ देखि १८० मिटर सम्मका त्रिसुलीमा मात्रै ४ वटा पुल निर्माण भएका छन् ।

लामा मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेर आएपछि स्थानीय अझ उत्साहित बनेका छन् ।

नुवाकोटमा कांग्रेस नेता बहादुरसिंह लामाले विकासका कामलाई चुनावी ऐजेण्डा बनाएका छन् । जिल्लामा पछिल्लो समय विकासपे्रमी नेताको छवि बनाएका लामाका पक्षमा नुवाकोटका नागरिक उत्साहित भएर लागेका छन् ।

नुवाकोटको पूर्वाधार विकासका क्षेत्रमा लामाको योगदान बढी छ ।

आसन्न निर्वाचनका लागि नुवाकोट– २ प्रदेशसभा ख बाट प्रदेशसभा सदस्यमा लामाले उम्मेदवार छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ५४ बजे