३१ भाद्र २०८०, आइतबार | Sun Sep 17 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको प्रचारमा देश दौडाहा गर्दै स्वर्णीम वाग्ले



काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्ले आफैं नेपाली कांग्रेसबाट उम्मेदवार बन्न टिकटका आकांक्षी बनेका थिए। तर, कांग्रेसभित्र र बाहिरबाट पनि वाग्लेलाई टिकट दिन नेतृत्वमाथि चर्को दबाब हुँदाहुँदै पनि उनले टिकट पाएनन् । तर, वाग्ले टिकट नपाए पनि कांग्रेसको स्टार प्रचारकको भूमिकामा देश दौडाहामा रहेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार एवं कांग्रेस महामन्त्री ‘गगन थापा देशको प्रधानमन्त्री बन्नुपर्ने’ भनेर वाग्लेले गरेको भाषणले नेपालभरि गगनप्रतिको विश्वास थप उँचो भएको छ। त्यसैगरी कात्तिक १० गते काठमाडौं ५ मा प्रदिप पौडेल नेतृत्वका उम्मेदवारसँग जनतामाझ भएको साक्षात्कार कार्यक्रममा उम्मेदवारभन्दा वाग्लेसँग सेल्फी खिच्नेको भीड थियो।

कांग्रेसको संकल्पपत्र लेख्ने मस्यौदा समितिका संयोजक नै बनेर योगदान गरेका वाग्ले टिकट नपाएपछि अहिले कांग्रेसको ‘स्टार इलेक्सन क्याम्पेनर’ का रूपमा उदाएका छन्। सार्वजनिक भाषणमा प्रखर कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आफ्नै क्षेत्रमा चुनाव प्रचारप्रसारमा छन् । त्यसकारण पनि वाग्ले देश दौडाहामा हिडेका छन्। अर्थ र राजनीति राम्रोसँग बुझेका वाग्लेलाई आफ्नो क्षेत्रमा चुनावी भाषण गरिदिन आग्रह गर्नेको लर्को छ। जुन ठाउँमा वाग्ले भाषण गर्न पुगेका छन्, त्यहाँ उनको ‘क्रेज’ उच्च छ।

टिकट नपाएपछि राजनीतिबाट बाहिरिन्छन् कि भन्ने आँकलनलाई उनले मिथ्या साबितमात्रै पारिदिएनन्, प्रमुख चुनाव प्रचारकका रूपमा आफूलाई उभ्याएका छन्। वाग्लेसँगै अर्थराजनीतिलाई एकदमै नजिकबाट बुझेका प्रा।डा। गोविन्दराज पोखरेल पनि कांग्रेसको चुनावी आमसभामा छन्। जनतालाई आफ्नो पक्षमा ध्यान केन्द्रित गराएर आफ्ना कुरा राख्न सक्ने नेता हुन् गगन र विश्वप्रकाश। अहिले दुवैजना आफ्नो क्षेत्रको घरदैलोमा छन्। उनीहरूलाई देशभरिबाट भाषण गर्न आउन आग्रह भए पनि उनीहरू जान सक्ने अवस्थामा भने छैनन्। गगन र विश्वप्रकाश पछि उनीहरुजस्तै सबैभन्दा बढी माग वाग्लेकै छ। उनीहरू तीनैजनामा एकअर्काका परिपूरक बन्ने खालको आफ्नै मौलिक शैली पनि देखिन थालेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ०९ बजे