६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित



ओखलढुंगा । ओखलढुंगाकोे प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन् ।

उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतान्तरले पछि पार्दै खतिवडा संघिय सांसदमा निर्वाचित भएका हुन् ।
जिल्लाको ८ वटै स्थानिय तहहरुको मतगणना गरि सक्दा खतिवडाले ३३ हजार ५ सय ५६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

यस अघि २०७४ सालको निर्वाचनमा खतिवडा, सुनुवार संग करिब ५ हजार २ सय मतले पराजित भएका थिए । प्रदेश सभातर्फ पनि गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।

क्षेत्र नं. (क) मा नेकपा (एमाले)का अम्मिरबाबु गुरुङलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार प्रदीप सुनुवार विजयी भएका छन् ।
उहाँका निकटतम प्रतिस्पर्धी गुरुङलाई ३ सय ६० मतले पछि पार्दै सुनुवार विजयी भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गुरुङले १४ हजार ५ सय ५६ मत ल्याएका छन् । गुरुङ २०७४ सालमा ओखलढुङ्गा प्रदेश क्षेत्र क बाट विजयी भएर प्रदेश नं.१ को भौतिक पुर्वाधार मन्त्री समेत बनेका थिए ।

प्रदेश सभा क्षेत्र ‘ख’ मा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सभाको उम्मेदवार बाबुराम गौतमले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई १ हजार ९६ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
गौतमले १५ हजार ७ सय ३८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार खड्काले १४ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ४२ बजे