६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारबाही सिफारिसको माग गर्दै मन्त्री आलेविरुद्ध उजुरी



काठमाडौँ l विभिन्न समयमा विभिन्न व्यक्तिहरुसँगको टेलिफोन तथा प्रत्यक्ष भेटघाटमा अश्लील शब्द प्रयोग गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ।

आइतवार संसद सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीनजनाले आलेविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा मन्त्री आलेको अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्न पनि माग गरिएको छ ।

उनीहरुले उजुरीमा केही समययता डोटीका सांसद प्रेम आलेले विभिन्न व्यक्तिहरुसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटमा अश्लील शब्द प्रयोग गरेको अडियोसहितको समाचार आइरहेको बताएका छन्। जनप्रतिनिधिहरु सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता र जिम्मेवारीबाट समेत विमुख भएको महशुस भएको उनीहरुले जनाएका छन्।

उजुरीमा उनीहरुले आलेले प्रयोग गरेका ती शब्द समाजमा बोल्न र सुन्न योग्य नरहेका पनि तर्क गरेका छन्।

‘के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो? यी र यस्तै गतिविधिका कारण आमजनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको विश्वासमा संशय पैदा हुनु स्वभाविकै हो। यद्यपि यस्तै घटना दोहोरिरहने र आचारसंहिताविपरीत कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आमराजनीतिक दलहरुप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएकाले यस समितिसमक्ष आलेज्यूको अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं।’

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ४४ बजे