१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एम्बुलेन्सबाट गाँजा तस्करी



विराटनगर । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुन्छ । धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएका हुन् । दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले को१च २९३७ नम्बरको एम्बुलेन्समा गाँजा बरामद गरेको थियो । चालक भने फरार छन् । सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

धरान धनकुटाबाट गाँजा भारत पुर्‍याउँदा भरियाले प्रति किलो एक हजारदेखि एक हजार पाँच सयसम्म पाउँछन् । ‘धरानबाट सामान हिडेको जानकारी पछि रिसिभ गर्न बोर्डरमा मान्छे रेडि भएर बसेको हुन्छ,’ प्रहरी स्रोत भन्छ, ‘यस्तो काम राति बढी हुन्छ, जोखिम भए वा प्रहरी देखे तस्कर सामान छाडेर भाग्छन् ।’

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ४९ बजे