१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नमुना बन्दै सुनवलको ज्योति मावि



परासी । शिक्षकको लगनशीलता, युवा समुहका शिक्षक, सामुहिक निर्णय लगायतका कारण ज्योति माध्यमिक विद्यालय नमुना विद्यालयका रुपमा बिकास हुदै गएको छ । पुराना संरचनाहरुमा परिवर्तन गर्दै नयाँ भवन निर्माण गरी बिद्यालयको नियमित पठनपाठन कार्य सञ्चालन भइरहेको पश्चिम् नवलपरासी जिल्लाको सुनवल नगरपालिका ७ अस्नैया स्थित ज्योति माध्यमिक बिद्यालय क्षेत्र यतिवेला नमुना बिद्यालय बन्दै गइरहेको छ ।

बिद्यालयलाई कसरी ब्यवस्थित गर्ने भन्ने बिषयमा अध्ययनका लागि समेत बिद्यालयलाई नमुनाका रुपमा लिन सकिने यस बिद्यालयले बिद्यार्थीको चाहना र आवश्यकतालाई ध्यानमा राखी ब्यवस्थित आफ्नै पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

बिद्यार्थीलाई बिज्ञानमा प्रयोगात्मक कार्यकालागि भन्दै साईन्स ल्यावको स्थापना गरी सञ्चालनमा ल्याएको छ, जसले विद्यार्थीलाई फाईदा पुगेको छ । यसैगरी बिद्यालयमा हरेक बिद्यार्थीलाई अनिवार्य कम्युटर शिक्षाका लागि कम्युटर ल्याबको समेत स्थापना गरी त्यसमा सीसी क्यामरा जडानसहित पढाउने ब्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक यदाव खडका जानकारी दिए ।

बिद्यालयलाई नीति नियम तथा अनुशासनमा रही शिक्षक तथा शिक्षिकाले पढाउने र बिधार्थीलाई बुझाउने, बिद्यालयलाई ब्यवस्थित रुपमा सञ्चालन गरेकै कारण बिधालय नमुना बन्दैगएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हर्क गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : ०५ बजे