१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिटानस के हो ? यो कसरी सर्छ ?



टिटानस ब्याक्टेरियाको संक्रमणका कारण हुने एक गम्भीर समस्या हो । यो रोग क्लास्ट्रीडियम टिटानी नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ । यस्ता ब्याक्टेरिया विशेषगरी धुलो, माटो र पशु मलमा पाइन्छ ।

जब यो ब्याक्टेरिया कुनै घाउमा प्रवेश गर्छ, तब शरीरमा टेटनोस्पास्मिन नामक विष पैदा हुन्छ । यो विषाक्त बिस्तारै शरीरमा फैलिएर शरीरको तन्त्रिका (मोटर न्युरोन, जसले मांसपेशीलाई नियन्त्रण गर्छ)लाई असर गरी शरीर अड्किने, जकडिने जस्ता गम्भीर समस्या निम्त्याउने गर्छ, जुन टिटानसको प्रमुख लक्षण हो । समयमै टिटानस विरुद्धको खोप नलगाएमा मानिसको मृत्यु समेत हुनसक्छ ।

कुकुरले टोक्दा धेरैले टिटानसको खोप लगाउँछन्, किन ?

मानिस, जनावर, पशु चौपायाको गोबर, फोहोर र धुलोमा क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु हुन्छ । कुकुरले टोक्दा चोट लागेमा त्यसमा पनि विभिन्न माध्यमबाट क्लोस्ट्रिडियम टिटानी शरीरमा पुग्ने भएकाले कुकुरले टोक्दा टिटानसको खोप लगाउनुपर्छ ।

यसले के काम गर्छ ?

टिटानसको एन्टिटक्सिन खोपले शरीरभित्र ब्याक्टेरियाले पैदा गरेको विषादलाई निष्फल बनाउन र मांसपेशीको कडापन र पीडा हटाउनु मद्दत गर्छ ।

खिया लागेको धारिलो फलाम वा धातुले काट्दा टिटानसको खोप लगाउनैपर्छ ?

चोट लाग्दा होस्, वा कुनै धारिलो हतियारले काटेमा, अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ । किनकि टिटानसको सुईले घाउमा संक्रमण हुन दिंदैन ।

यो कहाँ लगाउने ? कहाँ कहाँ उपलब्ध हुन्छ ?

टिटानसको खोप अस्पताल, स्वास्थ्य चौकी र सामान्य औषधि पसलमा पनि उपलब्ध हुन्छ । त्यसैले केही कारण चोटपटक लागेमा नजिकैको औषधि पसलमै गएर पनि यो खोप लगाउन सकिन्छ ।

कति पटक लगाउनुपर्छ ?

टिटानसबाट बच्न बच्चालाई सानो छँदा दिनुपर्ने सम्पूर्ण खोपमा टिटानस खोप पनि लगाउनुपर्छ । साथै हरेक १० वर्षमा टिटानसको थप बुस्टर खोप लगाउने, गर्भवती महिलाले पनि टिटानसको खोप लगाएमा यी रोग लाग्न सम्भावना न्यून हुन्छ । कुनै किला वा खिया लागेका धारिलो वस्तुले चोट लागेमा पनि खोप लगाउनुपर्छ । onlinekhabar

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : ०१ बजे