८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता विधेयक अगाडि बढाउने निर्णय



काठमाडौँ ।  सत्तारुढ गठबन्धनको वैठकले संसदमा विचाराधीन विवादास्पद नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बुवा आमा नागरिक तर सन्तानले नागरिकता नपाउने जुन पीडा छ, त्यसलाई सम्बोधन गर्दै नागरिकता विधयेकलाई टुंगोमा पुर्याउने सहमति भएको छ,’ कार्कीले भने ।

केही प्रक्रिया पूरा गरेर नागरिकता विधयेक चाँडै संसदमा पेश गरिने उनले जानकारी दिए ।

आजको वैठकले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको थियो । साथै, देशमा अस्वभाविक रुपमा बढेको महंगी नियन्त्रणबारे पनि कुराकानी भएको कार्कीले बताए ।

मन्त्रिपरिषद पुनर्गठनबारे भने छलफल नभएको उनले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ३९ बजे