१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावमा प्रचण्डसंग चितवनबाट सापकोटा भिड्ने



चितवन । आगामी संसदीय निर्वाचनमा चितवनको क्षेत्र नं ३ बाट संचार उद्धमी धर्मेन्द्र सापकोटाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपाका नेता बिक्रम पाण्डेको क्षेत्रबाट निर्वाचन लड्ने बताएका हुन् । चितवनको क्षेत्र नं ३ कांग्रेसका तात्कालीन सभापति शुसिल कोइरालाले जितेको क्षेत्र हो । सापकोटाले उम्मेदवारी घोषणा  गरेपछि चितवनमा राजनीतिक सरगर्मी बढेको छ ।

सरकारले निर्वाचनको मिति  घोसणा  नगरे पनि स्वतन्त्र उम्मेदवाले  भने धमाधम उम्मेद्वारी घोषणा  गर्न थालेका छन् । स्वतन्त्र रुपमा  उम्मेद्वारी  घोषणा  गरेका सापकोटा बजार ब्याबस्थापनमा काम गरेका छन्  । नेपालमा डीटीएच प्रविधि भित्त्राउने सापकोटाले धेरै टेलिभिजनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउछन् ।

राजनीति र संचार जगतको राम्रो ज्ञान भएका सापकोटा राजनीतिक दलमा आएको बिचलनका कारण जनताको सेवा गर्न उम्मेदवारी घोषण गरेको सापकोटाले बताए  । राजनीति भनेको जनताको सेवा गर्ने पेशाका रुपमा भएपनि अहिले भएका राजनीतिक दलले सेवा भन्दा कमाउने माध्यम बनाएकोले राजनीतिक दलप्रति जनतामा बितृरुण पैदा भएको उनको भनाइ छ ।

जनतालाई सर्वो परि ठानेर जनताको सेवा गर्नकै लागि उम्मेदवारी दिएको बताउने सापकोटा राजनीतिमा भएको बेथिति हटाउन चितवनका जनताले न्याय गर्नेमा बिश्वस्त छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : १९ बजे