१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्यामिरे सामुदायिक वन समुहद्वरा विरुवा वितरण



सुनवल। ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहले विरुवा वितरण गरेको छ ।

आइतबार वन समुहले एक कार्यक्रमको आयोजना गरि उपभोक्तलाई निशुल्क बिरुवा वितरण गरेको हो।

बितरण कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्त महासंघ स्थानीय महासंघ सुनवलका अध्यक्ष कर्ण बहादुर शेनले बिरुवालाई रोपेर मात्र नहुने भन्दै उचित स्याहार, सुसार र संरक्षण सहित हुर्काउने बढाउने र हरियालीलाई प्रवर्द्धन गरेर मानव जिवनको जिवन शैलीकै रुपमा अगाडि बढाउनुपर्ने बताए ।

तस्तै कार्यक्रमका प्रमुख अतिथि एवम् सुनवल वडा नं ७ अध्यक्ष नारायण प्रसाद आचार्यले वायु प्रदुषणबाट हुने आक्रमणबाट वच्न तथा वातावरणलाई सन्तुलित राख्नका लागि वृक्षारोपण महत्वपूर्ण भएको बताए । हरियाली प्रवर्द्धनका वडाले सामुदायिक बनसंग समन्वय गर्दै विभिन्न समय वृक्षारोपण गर्दै आएको जानकारी दिए ।

वातावरण संरक्षण गर्न वन समुहले प्रत्येक उपभोक्तालाई विरुवा वितरण गरेको र अहिले फलफूल लगाउने कार्यमा उपभोक्ताको आकर्षण पनि बढ्दै गइरहेको कारण कागती, तेजपत्ता, काफलको लगायतको बिरुवा वितरण गरिएको ज्यामिरे सामुदायिक वन उपभोक्त समुहकि अध्यक्ष टिचन गुरुङके बताइन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ०० बजे