१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ ५ सय बढ्यो



काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबार भने १ लाख १८ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । विगत १० दिनमा सुनको भाउ २ हजार बढिसकेको छ । फागुन ३ गते सुनको मूल्य १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ९५ रुपैयाँ रहेको चाँदी १ हजार ४ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : ४९ बजे