१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिन्दुराष्ट्र र राजसंस्था स्थापनाको माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महँगी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको हो ।

राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार, रसायनिक मल अभाव, इम्बोस्ड नम्बर प्लेट लगाएतका विषयमा राष्ट्रव्यापी आन्दोलन सुरु गरिएको समेत जनाएको छ ।

त्यस्तै राप्रपाले खेतीपातीको समयमा नै किसानलाई मलखाद उपलब्ध  गराउन माग गरेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : १४ बजे