१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवादित “एसपीपी” अस्वीकार, अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय



काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो ।

एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा सरकारले पत्र लेख्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनका वामपन्थीसहितका दलले एसपीपी अस्वीकार गर्न दबाब दिएका थिए ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : ०६ बजे