१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुक्लामा नौ दिनदेखि हवाई उडान हुन सकेन, हेलिकप्टरले केही राहत



सोलुखुम्बु । सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा नौ दिनदेखि लगातार मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रुहरू अलपत्र परेका छन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन नसकेको हो 

खुम्बुक्षेत्रको एक मात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु भ्रमण गरी लुक्लाबाट फर्कने तथा काठमाडौँबाट आउने दुवैतिरका यात्रु अलपत्र बनेका छन् । लुक्लामा मौसममा सुधार आउला र काठमाडौँ जान पाइएला भनेर विमान कुरेर यात्रुहरू बसिरहेको बताइएको छ । 

आइतबार तारा एयरका पाँच वटा उडान रहेकोमा मौसम प्रतिकूलताका कारण उडान प्रभावित भएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार लुक्लाबाट तीन र सुर्केबाट सात वटा हेलिकप्टरले उडान गर्दा केही राहत भएको छ । आइतबार तीन वटा उडान भएका छन् ।

पर्यटकीय सिजनको अन्त्य हुँदै गएको र हिमाल आरोहण  गरी फर्कने यात्रु समस्यामा भएको पर्यटन व्यवसायीहरूले बताएका छन् । लुक्लामा हाल तारा एयरले मात्र उडान गर्ने गरेको छ भने समिट र सीता एयर उडान झिकेका छन् । तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रुहरू पैदल मार्फत सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्य तय गरेका छन् । 

विमानस्थलमा भिजिबिलिटी अत्यन्त न्यून रहेकोले हवाईजहाज तथा हेलिकप्टर उडान तथा अवतरण हुन नसकेको हो । विमानस्थल वरपरको भिजिबिलिटी ५० मिटर भन्दा तल रहेको छ । जसलाई उडान क्षेत्रमा निल मानिन्छ । उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्दछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : २२ बजे