१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेन शाह र हर्क साम्पाङलाई पार्टीमा ल्याउन प्रयास गर्छौंः रवि लामिछाने



काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘बालेन शाहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’

 उनीहरु मेयरमा निर्वाचित भइसकेपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी नभएको लामिछानेको भनाइ छ । ‘हामीले पार्टी खोल्दा बालेन साह र हर्क साम्पाङ निर्वाचित भइसक्नु भएको थियो,’ उनी भन्छन्, उहाँहरु निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौं । तर उहाँहरुसँग कुरा भएको छैन ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : १७ बजे