२९ चैत्र २०८०, बिहिबार | Thu Apr 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज मध्यरातदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य लागू हुने



काठमाडौँ  ।  सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ ।

सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेकामा सो निर्णय मध्यराति १२ बजेदेखि लागू हुने शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेकामा अब १७९ रुपैयाँमा पेट्रोल पाइने भएको हो । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । सरकारले पेट्रोलियम पदार्थमा लागू गर्दै आएको कर कटौती गरेर सर्वसाधारणलाई राहत दिएको हो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : १६ बजे