२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३४ विद्यालय उछिन्दै वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम



रुपन्देही। देवदहमा अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली काग्रेस क्षेत्र नम्वर १, क्षेत्रीय समिति रुपन्देहीले ४१ औ विपि स्मृति दिवसको अवसरमा बहुआयामीक व्यक्तित्व विश्वेश्वरप्रसाद कोईराला विषयक उक्त प्रतियोगिता आयोजना गरेको हो ।

नेपाली काग्रेस क्षेत्रीय सभापति हिराबहादुर खत्रीको अध्यक्षतामा पार्टीका सहामहामन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । क्षेत्र नम्वर १, का ३४ वटा विद्यालय सहभागि रहेको प्रतियोगितामा आर्यन धमला प्रथम, प्रविन नेपाली द्धितिय, जैविक पाठक तृतिय र दक्षिा केसी, ऋचा दुवे सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ८ हजार, द्धितिय हुनेले नगद ६ हजार, तृतिय हुनेले नगद ५ हजार र सान्त्वना हुने दुईजनाले एक हजार ४ सय प्राप्त गरेका छन् । विपि कोईरालाको वारेमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको क्षेत्रीय सभापति हिराबहादुर खत्रीले जानकारी दिए । सो अवसरमा बोल्दै उपमहामन्त्री पाण्डेले विपिले लिएको नीति व्यहारमा उर्तान सकेमात्र देशमा समाजवाद स्थापित हुनेमा जोड दिए। उनले विपिको सपना साकार पार्न सम्पूर्ण कार्यकर्ताहरु एकतावद्ध भएर पार्टीको विकासमा लाग्नु पर्ने बताए। उनले अहिले देशमा संघीय लोकतान्त्रिक स्थापित हुनु विपिको योगदानले मात्र संभव भएको दावी गरे । पाण्डेले समतामुलक समाज निर्माण गर्न नेपाली काग्रेस बलियो हुनु पर्ने बताउदै गुटउपगुट नभएर एक ढिक्का भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं लुम्विनी प्रदेश सभा सस्य अव्दुल रज्जाक, निर्णायक मण्डलका सदस्य सरस्वती तिल्मिसेना लगायतले आ–आफना भनाई राखेका थिए । क्षेत्रीय समितिका उपाध्यक्ष नवीनराज आर्चायको स्वागत र क्षेक्रीय सचिव विजय गुरुङ्गको संचालनमा कार्यत्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ०६ बजे