६ फाल्गुन २०८०, आइतबार | Sun Feb 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्झनामा परदेशी दिदि



भवानी कार्की- दिदी तँलाई याद छ ? मेरो एलएलसी परिक्षाको समय एक रात हामी चार बजेसम्म निदायनौँ । भोलीपल्ट गणित विषयको परिक्षा थियो । परिक्षामा आउने सम्भावित प्रश्नको उत्तर सिकाइरहेकी थिइस् ।

जती सिकाएपनि मेरो बोदो दिमागले सम्झन सक्दैन थियो । फेरी सिकाउँथिस् जति सिकाउँदापनि केही नजानेपछि रिसाउने पिट्ने गर्थिस् । पिटाइ खाएपछि म रुन्थे । म रोयको देखेपछि असह्य भएर तँ पनि रुन्थिस् । जती सिकाउँदापनि नजानेपछि मैले पिटाइ खानुको विकल्प थिएन र तैले पिट्नुको । एलएलसी मात्र नभएर मेरो हरेक परिक्षामा साथ दिइस् ।

दिदी बहिनी मिलेर गाउँमा उकाली ओराली, घाँस दाउरा गर्दाको त्यो पल अव कहिलेपनि फर्केर नआउला । तर हामी बीचको मायाँ अझै उस्तै छ । उच्च शिक्षा पढ्न तँ काठमाडौँ शहर गइस् । गाँउमा म एक्लै भएँ । तर पनि फोनमा कुरा हुन्थ्यो सँगै भएझै लाग्थ्यो ।

कक्षा ११, १२ सकिन साथ घरमा तेरो विहेको कुरा चल्यो । विवाह हुने पक्का भएपछि एक तर्फ म खुसी पनि थिएँ, अर्को तर्फ दुःखी । धेरै त दुःखीनै थिएँ । मैले मनको कुरा पोख्ने मेरो साथी, मेरी प्यारीलाई कसैले लाँदैछ । तर छोरीको कर्म विवाह नगरी सुखै थिएन । सारा समाज अगाडी राखेर नचाँहाँदा नचाँहाँदै तेरो विवाह गरिदिए ।

विवाहको दिन तेरो आँखाबाट झरेको आँशुले बाताइरहेको थियो कि तैँले आफ्ना हजार सपना मारेर विवाह गर्दै थिइस् । मलिन अनुहार बताइरहेको थियो कि तैँले बुवा ममीको ईज्जत र उहाँहरुको मानको कदर गरेकी थिइस् । यो समाजले हामी छोरीलाई दिएको कर्म गर्दै थिईस् । आफ्नालाई टाढा राखेर अरुलाई आफ्नु ठानेर विवाह गरेर गइस् दिदी । तर हामीलाई मन र मनभरीको मायाँ छोडेर गएकी थिइस् । त्यही मायाँको डोरीले आजसम्म पनि बेरेर राखेको छ हामीलाई ।

दिदी म तँ सँगै नरहेपनि तेरो हरेक दुःख सुखमा साथमै थिए । विवाहपछि समयले हामीलाई फेरी एक बनायो बुवा ममीसँग सँगै नभएपनि तँ सँग हुँदा मैले कहिल्यै कसैको अभाव महसुस गरीन । किनकी मेरो हरेक दुःख सुख साटासाट गर्ने मेरो दिदी म सँगै थिइ । जस्तोसुकै परिस्थितिमा पनि हामी सँगै हुन्थ्यौँ । सबैको प्रिय नै बनेका थियौँ हामी । तर, जब तैले आफ्नो ५ वर्षकी छोरी म र परिवारलाई छोडेर विदेश जाने निर्णय गरिस् । त्यही दिनबाट मैले एक्लो महसुस गरेँ । हुनत दिदिको निर्णय सानो थिएन । र गलत पनि थिएन । म निशब्द थिए । कतिपय कुरा व्यक्त गर्न सक्दैनथेँ । मनमै राख्थेँ यती सोच्थे की तेरो हिम्मत नडगमगावस् ।

आज भोली भन्दा भन्दै तेरो जपानको भिसा लाग्यो । अन्ततः सानी छोरी र हामीलाई छाडेर परदेश जाने नै भइस् । मैले आफुलाई सम्हाल्थे । अब मैले नै सबैलाई सम्हाल्नु छ, सोच्थे र हँसिलो बन्ने कोशिस् गर्थे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुँदाको समय त, म निक्कै भक्कानिएकी थिए । अहिलेपनि सम्झनै सक्दिन आँखाबाट आँसु खसीहाल्छ । एकातिर छोरी अनविज्ञ छ । आमाले उसलाई छोडेर जाँदै छे भन्ने नै थाहा छैन । अर्कोतीर तेरो अनुहार हेर्छु त्यो हँसाइमा पनि कती पीडा लुकेको छ । विछोडको पीँडाले कस्लाई पो पिरोल्दैन र ?

दिदी तँ अरुको नजरमा जे भएपनि मेरो नजरमा महान होस् । छोरीको भविष्यको लागि परदेशी भूमीमा गइस् । हिजो तँलाई रिस गर्नेहरु आज तेरो प्रगती देखेर डाहा गर्देछन् । जपान गएको एक वर्ष भित्र नै तेरो धेरै प्रगती भएको छ । जापान जस्तो देशमा अरुको भाषा पढेर पनि पटक पटक कलेज टप गर्न सफल भएकी छस् । यता छोरी पनि राम्रो गर्दै छ । आखिर आमाको गुण जो छोरीमा सरेको छ । जति तैले त्यहाँ राम्रो गदैछस् । त्यस्तै छोरीले यता पनि राम्रो गर्दैछ दिदी । त्यसकारण आगामी दिनमा पनि हिम्मतका साथ अगाडी बढ्नु ।

तर दिदी जुन दिनदेखि तँ जपान छस् यता मलाई तेरो साह्रै न्यास्रो लागेको छ । कहिले भेट होला झै हुन्छ । भिडियो कल गर्यो चित्त बुझायो । सँगै भएको झै नहुने रहेछ । त्यसमाथी फुर्सद पनि नहुने आ–आफ्नो व्यस्तता यस्तै रहेछ ।

हेर त, भर्खरै तेरो बहिनीको विवाह भयो । तँ बिना मेरो विवाह कस्तो भएको थियो होला कल्पना पनि गर्न सक्दिन । त्यति धेरै मायाँ गर्ने ज्वाई पाएको छु । तरपनि तेरो यादले मलाई सताईरहेको छ । नन्द आमाजु पनि हुनुहुन्छ । तर किन मैले तँलाई जसरी मेरो श्रीमान्को दिदीबहिनीसँग खुलेर कुरा गर्न सक्दिन ? आखिर उनीहरुपनि दिदीबहिनी नै हुन् ।

दिदी मैले घर परिवारबाट जतीनै मायाँ पाएपनि मलाई तेरो अभाव खड्की रहने छ । हामी जती टाढा भएपनि मैले गर्ने मायाँमा कतिपनी कमी आउने छैन । विवाह पछि जसरी तँलाई तेरै जीन्दगीले प्रश्न गर्यो तेस्को उत्तर आज तैले फुलले दिँदैछेस् । बस् तेरो हिम्मत् र आँट बर्करार रहोस् । भगवान पशुपतिनाथसँग यही प्रार्थाना गर्छु । अब केही वर्ष पछि हाम्रो भेट हुनेछ । तेरो बहिनी मिठो सम्झना सहित बेसवरीसे तेरो इन्तजार गरिरहने छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १ : ३४ बजे