१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंका विभिन्न ५ स्थानमा हैजा पुष्टि



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

बागबजारमा दुईजना, डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एक जना बिरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको हो ।

हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन् । विरामीमध्ये एक जनालाई आईसीयुमा राखेर उपचार गरिएको महाशाखाले जनाएको छ ।

झाडापखालाको उपचार गराउन अस्पताल पुगेका विरामीमा हैजा पुष्टि भएको हो । फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना संकलन गरी जाँच गर्दा झाडा पखाला गराउने जीवाणु पाइएको महाशाखाले जनाएको छ ।

सबै बिरामीमा हैजाको कारण दूषित पानी भएको अध्ययनले देखाएको छ ।

हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालयले छानबिन टोली गठन गरेको छ । टोलीले काम थालिसकेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ५ : १७ बजे