२० फाल्गुन २०८०, आइतबार | Mon Mar 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋषि धमलासँग २७ मिनेट : संघर्षदेखि सफलतासम्मका कुरा



काठमाडौँको  रत्नराज्य लक्ष्मी क्यापसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत समुहले  प्रयोगात्मक क्रियाकलाप अन्तरगत प्राइम टेलिभिजन भ्रमणको क्रममा  सोही टेलिभिजनका अध्यक्ष ऋषि धमलासँग हाम्रो भेट भयो । धमलासँग अन्तरकृयाको क्रममा उनी संग हामीले  २७ मिनेट समय बिताउने अवसर पायौँ ।  सोही  भेटलाई आधार मानी मैले २७ मिनेट भित्र बुझेको  धमला  बारे केही लेख्न जमर्को गर्दैछु  । 

बिरलै होलान्  रेडियो देखि टेलिभिजनसम्म ऋषि धमलालाई नसुन्ने, नहेर्ने र नचिन्नेहरू ।  विशेष गरि टेलिभिजन पत्रकारितामा निकै अब्बल पत्रकार तथा कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छन् ऋषि धमला  । धमलाका अनुसार ऊनी १४ वर्षको उमेरमा काठमाडौंका साँघुरा गल्लीहरूमा आफ्नो  फराकिलो भविष्य खोज्न  काँधमा पत्रिका बोकेर घरघर बेच्न पुग्थे । राजधानी उनका लागी  सपनाको मात्र हैन सङ्घर्षको सहर थियो । पत्रिका बोकेर घरघर बेच्दै उनले मिसन पत्रकारिता सुरु गरे । तत्कालीन समयमा राजतन्त्र बिरुद्वका पत्रपत्रिका बेचेको निहुँमा ७ दिन उनी जेल समेत बस्नुपर्यो । त्यो बेला  राजतन्त्र बिरुद्वका पत्रपत्रिका जनतासमक्ष पुराउने  काम निकै चुनौतीपूर्ण थियो । तर हमला गर्ने धमलाले चुनौतीको बाटो नै रोजे । त्यसैले त आज ऋषि धमला ऋषि धमला छन् । 

सुरुवाती दुःखका दिनहरू स्मरण गर्दै, जीवनमा विभिन्न आरोह अवरोह पार गरेर आज  यो स्थान सम्म आइपुगेको उनी बताउँछन्  । उनले २०५९ सालमा बाबुराम भट्टराई र लोकेन्द्र बहादुर चन्दलाई एकै  ठाउँमा  राखेको किस्सा सुनाए। तत्कालीक भूमिगत राजनीतिबाट पहिलो पटक  सार्वजनिक  हुँदा तात्कालिक प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द सहित वार्ता टोली गठन गरियो । बाबुराम र चन्दले सार्वाजनिक  रुपमा हात मिलाएर वार्ता गरे ।  त्यसको ठिक  भोलिपल्ट नेपालका पत्रपत्रिका र सञ्चार जगत तात्यो,  “प्रधानमन्त्री र विद्रोहीलाई किन धमलाले एकै ठाउँ राखे ? उनलाई निषेध  किन गरिएन ?”    चौतर्फी विरोध पछि तत्कालीन राजा  ज्ञानेन्द्रले लोकेन्द्र बहादुर चन्दलाई स्पष्टीकरण मागे पछि उनको प्रधानमन्त्री पद चिप्लियो । देशमा जनताको शासन भित्र्याउन महत्वपूर्ण योगदान आफूले  पनि पुर्याएको धमला बताउँछन् ।

धमला नेपाली माटो  सुहाउँदो पत्रकार भएको कुरा त सत्य नै हो । धमलासँग अन्तरवार्ता दिन देशका जुन कुनै क्षेत्रका मै हुँ भन्ने व्यक्ति पनि नाइँ भन्न सक्दैन् । त्यसैले त उनी आजका दिनमा पनि रेडियो, टिभी र पत्रपत्रिका गरि दिनमा १८ घण्टा सम्म काम गर्ने गरेको बताउछन्। समयको महत्व  बुजेका उनले  कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन् ।

यस्तै-यस्तै संघर्षले नै धमला आज प्राइम टाईम टेलिभिजन्, रिपोर्टर्स क्लव नेपाल, नेपाली रेडियो नेटवर्क,रिपोर्टस् नेपाल जस्ता थुप्रै सञ्चार संस्थाहरलाई ससक्तरुपमा संचालन गर्न सफल भएका छन्  ।

खबरदारी गर्न सक्ने पत्रकार बन्न धमलाको सबै पत्रकारलाई सुझाव छ । उनी अबको पत्रकारिताको प्रमुख जनताको समस्याको आवाज बनि,बेथिति,भ्रष्टाचार,शक्तिको दुरुप्रयोग लगायतका विषयमा  खबरदारी गर्नुपर्ने बताउँछन्  । “पत्रकार बन्नका लागि सहि सुचना र ईमानदारिता अत्यन्त महत्व राख्छ”, उनले  भने । राती १२ बजे सुत्छु, विहान ४ बजे उठ्छु । म जनताको आवाज बन्न र खबरदारी गर्न कहिलै पछि हट्दैन। 

उनी विहानै ६ नबज्दै रेडियो त्यसपछि रिपोटर्स क्लब त्यसपछि पाईम टेलिभिजन पुग्छन् । उनी यति व्यस्त भएर पनि समाचार संकलनमा आफै हिंड्ने गर्छन् र रुचाउँछन् ।सोही कारणले आफूलाई हरेक घटनाक्रम थाहा हुने गरेको उनि बताउछन्।

 धमला पत्रकारिता नै  नपढेको वा कम पढेको पत्रकार भनेर आलोचना हुने गर्छ । उनका हरेक कुरामा टीकाटिप्पणी हुने गर्छ । तर पनि यी कुराले उनलाई पटक्कै फरक पर्दैन  । आलोचनालाई धमला त उर्जाको रुपमा लिने गर्छन्,जसले उनलाई काम प्रती थप रुचि र ईमानदारिता बढ्ने गर्छ । 

धमलाको लामो समयको मेहनत र लगनशीलताले आज परिमाण  नेताका लागि धमला र धमलाका लागि परिपुरक जस्तै बनेका छ । त्यसैले त केही बर्ष पहिले धमलाइ प्रचण्डले भनेका थिए, ‘धमलाजी बैगुनी नभइ नहुनी,अहिले त ऋषि धमलाले जे भन्यो त्यही मान्नुपर्ने दिन आयो ! ” 

समग्रमा धमलालाई पर्दामा र प्रत्यक्षमा फरक पायौँ  । पर्दामा धमला जति नै आलोचित बने पनि प्रत्यक्षरुपमा धमलाका विचार सुन्दा उनी मेहनत लगनशीलता र ईमानदारिताको एेना हुन् र नेपाली पत्रकारिताको दरिलो प्रतिबिम्ब । धमलासंगको २७ मिनेटमा यो बुझियो कि,”जहाँ संघर्ष छ त्यहा एक न एक दिन सफलता छ ।”

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ०७ बजे