१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा ‘बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान’



काठमाडौं- विश्व शान्ति र सद्भावको सन्देशसहित अमेरिकाको हेरिस्वर्गमा ‘बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान’ को पाँचौँ संस्करण गरिने भएको छ ।

सन् २०१२ देखि हुँदै आएको अनुष्ठानको पाँचौँ संस्करण आगामी जुलाई २९ देखि ३१ तारिखका लागि तय गरिएको आयोजक विश्व भूटानी साहित्य संगठन(जीबीएलओ) का संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिए ।

नेपाली भाषा र साहित्यबाट प्रतिबन्धित हुँदै भुटानबाट निर्वासित भएपछि १० वर्षअघि झापाको खुदुनाबारीबाट पहिचानका लागि बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान शुरू भएको स्मरण गर्दै साम्पाङले भने, ‘हामीले त्यसबेला थालेको अनुष्ठान पाँचौँ श्रृंखलामा आइपुग्दा भाषा, साहित्य, कला, संस्कृति, विचार र दर्शनको संगमसहित यो एक भव्य उत्सवमा परिणत भएको छ ।’

विश्वभर छरिएर रहेका नेपाली भाषिको पहिचान जोगाउन तथा भाषा र साहित्यको प्रबर्द्धनका लागि यसअघिका संस्करणमा झैँ यसपटक पनि विभिन्न कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

अनुष्ठानमा नेपाली भाषा र साहित्यको प्रबर्द्धनमा योगदान पुर्‍याएबापत सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ र प्रा.डा.गोविन्द भट्टराईलाई अभिनन्दन गरिने कार्यक्रम प्रचारप्रसार संयोजक अर्जुन प्रधानले जानकारी दिए ।

सोही अवसरमा अग्रज साहित्यकार लीलाबहादुर छेत्रीलाई लाइफ टाइम अचिवमेन्ट अवार्डसमेत प्रदान गरिने उनले बताए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : २२ बजे