२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दर्शकसँगै फिल्म हेर्न बगान टिम बुटवल आउने



रुपन्देही । चलचित्र वगानको टिम मँगलबार बुटवलको भाटभटेनीमा रहेको क्युएफएक्समा आउने भएको छ । पारिवारिक नेपाली फिल्म बगानले दर्शकको माया पाइरहेका बेला मँगलबार दर्शकसँगै फिल्म हेर्नेगरी फिल्मका निर्माता तथा कलाकार आउने भएका हुन् ।

‘बगान’ले प्रदर्शनको ११ औं दिन सोमबार पनि राम्रो व्यापार गरेको निर्माता सुरेश वाग्लेले बताए । उनले भने, ‘आज पनि हामी धेरै हलमा पुग्यौं । केही हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।’ एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो फिल्म हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ। सरोज खनाल निर्देशित फिल्मले शोबाट कमाइ पनि राम्रो गरेको सन्दर्भमा दर्शकसँग खुसी साट्न फिल्म टिमका निर्माता वाग्ले तथा नायिका प्रमिला कार्की मंगलबार बुटवलको भाटभटेनीमा रहेको क्यु एफ एक्समा दिउसो ३ बजेको शो हेर्न आउने भएका छन्।

दर्शकको प्रतिक्रिया लिंदै दर्शकसंगै फिल्म हेर्न देश दौडाहामा आएको नायिका प्रमिला बताउछिन् । फिल्म युनिट गत हप्ता सरोज खनाल करिश्मा मानन्धर सहित प्रमोशनको लागि आएको थियो। सामाजिक कथामा बनेको पारिवारिक कथा बगानलाइ दर्शकले औधी रुचाएको फिल्म निर्माता सुरेश वाग्ले बताउँछन्।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ४९ बजे