१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय जनप्रतिनिधिलाई सुझाव



स्थानीय जनप्रतिनिधिहरूले यसपालिको विजयलाई नै आफ पूर्णरूपमा सफल भएको नठान्नुहोला । यो त काम गर्ने मौका प्राप्त गरेको मात्र हो। पाँचवर्षे कार्यकालको अन्त्यमा तपाईंको जनमत अझ वढ्यो भने मात्र सफलता मिलेको प्रमाणित हुनेछ ।

जनताबाट चुनिंदैमा विज्ञता प्राप्त हुँदैन त्यसैले विषय विज्ञको सल्लाह सुझाव अनुसार काम गर्नुहोला । शिक्षा, स्वास्थ्य, कृषिसम्बन्धी कामलाई प्राथमिकतामा राख्नुहोला। लगनशील, रचनात्मक, पारदर्शी दूरदर्शी भएर काम गरे सफलता मिल्नेछ । मतदातालाई भन्या ठान्ने प्राप्त पद आकाशबाट वा चिट्ठामा पाएकी सोच्ने पाँच वर्षपछि फेरि चुनाव आउँछ भनेर नसोच्ने, जनताको करबाट जुटेको साधनस्रोतलाई आफ्नै सम्पत्तिकै ठान्ने गल्ती नगर्नुहोला स्थानीय सरकार सांच्चीको लोकतन्त्रको मेरुदण्ड हो ।

तपाईहरू जनताको असल सेवक हुने हो भने मात्र देशवासीले लोकतन्त्रको प्रत्याभूति गर्न पाउनेछन् । आजको असल कामले भोलिको उज्यालो समाज बनाउने हो। वैज्ञानिक ढंगले योजना बनेन भने हिंड्दै छ पाइला मेट्दै भनेकै हुनेछ। धरातलीय यथार्थलाई मध्यनजर गर्दै जनताको नजिक रहेर फुकी फुकी पाइला चाल्नेले पाँच वर्षमा धेरै गर्न सक्छन् । समय र स्रोतको समुचित प्रयोग गरी समृद्ध समाज निर्माण गर्ने स्वर्ण मौका खेर फाल्ने कि नफाल्ने तपाईहरूकै चिन्तन र कार्यशैलीले निर्धारण गर्नेछ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ०१ बजे